Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

व्रत सकिएपछि के खाने, के नखाने ? यस्तो छ चिकित्सकको सुझाव

व्रत सकिएपछि के खाने, के नखाने ? यस्तो छ चिकित्सकको सुझाव


  • 11.1K
    Shares

    व्रत सकिएपछि के खाने, के नखाने ? यस्तो छ चिकित्सकको सुझाव

    काठमाडौं । व्रत गर्नु स्वास्थ्यका लागि पनि फाईदाजनक छ । तर व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् । 

    दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ ।

    व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खानुहोला । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन । यी खानेकुरा खान चिकित्सकले सुझाएका छन् ।

    -लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ ।

    - सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ ।

    - व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।

    - व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।

    - व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ ।

    - व्रतको दिन वा सकिएपछि केहि छिन रिलिफको लागि कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भिर खतरा पैदा गर्छ ।

    - खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन ।

    - मसलेदार खाना खानु राम्रो हुँदैन ।

    - रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ

    - व्रतबस्दा चिल्लो–पिरो खानुहुँदैन ।

    - गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन । यसबाहेक स्वास्थ्यअवस्था राम्रा भएकाहरु महिनामा एक दुईपटक वा हप्तामा एक दिन व्रत बसेको राम्रो हुन्छ ।

     

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १४:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij