Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रचण्डको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक

प्रचण्डको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक


  • 2.0K
    Shares

    प्रचण्डको प्रस्तावपछि माधव नेपालले बोलाए बैठक

    काठमाडौँ । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

    ‘बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुन्छ’, श्रेष्ठको भनाइ छ । एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन् ।

    नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । नेता श्रेष्ठले सरकारमा गइहाल्ने सम्भावना नरहेको भन्दै पर्ख र हेरको नीति कायमै रहे पनि बैठकले ठोस निर्णय गर्न सक्ने बताए ।  

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - १२:५९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij