Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नागार्जुनको मासिक सुप्रभात काव्यगोष्ठी

नागार्जुनको मासिक सुप्रभात काव्यगोष्ठी


  • 3.0K
    Shares

    नागार्जुनको मासिक सुप्रभात काव्यगोष्ठी

    नागार्जुन वाङ्मय प्रतिष्ठानको मासिक सुप्रभात काव्य गोष्ठी यही फागुन १९ गते राजधानीको बागबजार स्थित इजी वे सहकारीको हलमा सुसम्पन्न भएको छ ।

    गोष्ठीमा करिब डेढ दर्जन सर्जकहरूले आआफ्ना रचना सुनाएका थिए ।  ती सिर्जनाहरूको चर्चित कवि तथा सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले साङ्गोपाङ्ग शल्यक्रिया गरेकी थिइन् । उनले हरेक रचनामाथि टिप्पणी गर्दै कविले लेखेको कवितामाथि वास्तविक समालोचना भने हुन नसक्ने बताइन् । 

    कवितामा मानवीय संवेदना, प्रकृति र  वर्तमान विकृत र विसङ्गत अवस्थालाई व्यङ्ग्य प्रहार आएकामा उनले सन्तोष व्यक्त गरिन् । कविता हृदयको वाणी भएको जिकिर गर्दै हरेक रचना प्रज्ञाभन्दा निकै माथि हुने उनको निष्कर्ष थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश सिलवालले नागार्जुन वाङ्मय प्रतिष्ठानका आरोह-अवरोह र ऊहापोहबारे मन्तव्य राखेका थिए ।

    कार्यक्रममा रामहरि अधिकारी, डा. टीपी बराकोटी, गङ्गाप्रसाद भेटवाल, गङ्गा खतिवडा, सुशीला शर्मा, प्रकाश सिलवाल, सुशान्त न्यौपाने, दिल पौडेल, नवीन पल्लव, माधव घिमिरे 'अटल', जयराम बिडारी, रूबी सत्याल, राजन न्यौपानेले आआफ्ना सिर्जना वाचन गरेका थिए भने आख्यानकार केशव घिमिरेले रचनाको रसास्वादन गरेका थिए ।

    माधव घिमिरे 'अटल'ले सहजीकरण गरेको सो कार्यक्रमको समापन अध्यक्ष दिल पौडेलले गरेका थिए । उनले आगामी कार्यक्रम चैत २७ गते तेस्रो शनिबार हुने अवगत गराए । 

    प्रकाशित मिति :फाल्गुण २१ २०८० सोमवार - ०९:५५:०४ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij