Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

स्कुल बसकाे ठक्करले महिलाको मृत्यु भएपछि...

स्कुल बसकाे ठक्करले महिलाको मृत्यु भएपछि...


  • 4.4K
    Shares

    स्कुल बसकाे ठक्करले महिलाको मृत्यु भएपछि...

    जकपुरधाम । जनकधाम उपमहानगरपालिका २३ विन्हीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु र चारजना घाइते भएपछि आक्रोशित स्थानीय आन्दोलित बनेका छन् ।

    दुर्घटनाको विरोधमा स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।  उनीहरुले सडकमा विजुली पोल तेर्साएपछि सडक अवरुद्ध बनेकाे छ।

    ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस प्रहार गरेपनि प्रदर्शनकारी सडकमै छन् । प्रहरीले सडक खुलाउने प्रयासमा प्रहरीले  गरिरहेकाे छ । अहिले अवस्था तनाव्रस्त बनेको छ ।

    जनकपुधाम ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको नम्बर नखुलेको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको  थियाे। बसले किचिएर अन्य ४ महिला घाइते छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।

    विवाहका लागि माटो खन्न पोखरीतर्फ गइरहेकी महिलाहरुको समूहलाई तीब्र गतिमा गइरहेको बसले ठक्कर दिएको थियो । अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।

    प्रकाशित मिति :फाल्गुण २० २०८० आइतवार - १३:२७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij