Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

घरमा आगलागी हुँदा एक महिलाको मृत्यु


  • 2.1K
    Shares

    घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

    काठमाडौँ । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए । उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीलाई बताएका छन् ।

    प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ । के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०८० आइतवार - ११:२०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij