Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चिया सिड महिलाले किन खानु पर्छ ?

चिया सिड महिलाले किन खानु पर्छ ?


  • 3.0K
    Shares

    • images
    चिया सिड महिलाले किन खानु पर्छ ?
    images

    काठमाडौँ । पछिल्ला केही वर्षमा नेपालमा चिया सिडको प्रयोग बढेको छ । तौल घटाउन, छालालाई सुन्दर बनाउन र अन्य कयौँ बिमारीबाट बच्न यो सिड निकै उपयोगी छ । महिलाका लागि यो सुपर फुडभन्दा कम छैन ।

     चिया सिडमा पर्याप्त मात्रामा भिटामिन, फाइबर, प्रोटिन, ओमेगा–३, फ्याक्टी एसिड, क्याल्सियम, म्याग्नेसियम र फस्फोरस पाइन्छ । महिलाहरूले यसलाई आफ्नो आहारामा मिसाएर आफैँलाई स्वस्थ र फिट बनाउन सक्छन् । चिया सिड सेवनले हड्डी मजबुत रहन्छ । चिनीको मात्रा नियन्त्रणमा रहन्छ । । यो तौल घटाउनदेखि मुटुसम्म अनेकौँ समस्याबाट छुटकारा दिनेछ ।

    कपालका लागि फाइदाजनक

    चिया सिड कपालका लागि रामवाण भन्दा कम छैन । यसको दिनहुँ सेवनले कपालको ग्रोथ राम्रो हुन्छ । यसले कपाललाई भित्रैसम्म पोषण दिन्छ । यसले कपाललाई टुक्रिन र झर्नबाट पनि बचाउँछ । यसको सेवनले हड्डी बलियो रहन्छ । चिया सिडमा पाइने फस्फोरस र म्याग्नेसियमले कपालको जरालाई बलियो बनाउँछ ।

    छालाका लागि रामवाण

    चिया सिडको नियमित सेवनले समय अगावै बुढ्यौलीको निशानी आउँदैन । यसले मुहारमा गज्जबको ग्लो ल्याउँछ । यसलाई खाँदा छाला हाइड्रेट रहन्छ । यसमा पाइने प्रोटिनले छालामा भएका क्षतिहरूको मर्मत गर्छ र तपाईलाई जवान अनि सुन्दर देखाउँछ । चिया सिडमा ओमागा–३ फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । एन्टिअक्सिडेन्टले फ्री रेडिकलसँग लडन उपयोगी हुन्छ ।

    तौल घटाउन सहयोगी

    चिया सिडको सेवनले वजन बढ्दैन । न त मोटोपनाको समस्या नै आउँछ । तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने आफ्नो भोजनमा चिया सिडलाई समावेश गर्नुहोस् । यसमा पाइने सल्युबल फाइबरले पाचनलाई ठिक गर्छ । लामो समयसम्म पेट भरिएको महसुस हुन्छ । अपच र एसिडीटीको समस्या हुँदैन ।

    हड्डीलाई मजबुत बनाउँछ

    चिया सिडमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । यसमा फस्फोरस र म्याग्नेसियम जस्ता खनिज पनि पाइन्छ । यिनीहरू पनि हड्डीको स्वास्थ्यका लागि राम्रो हुन्छन् । लामो समयसम्म चिया सिडको सेवन गर्दा हड्डीसँग सम्बन्धी रोगहरू लाग्ने खतरा पनि कम हुन्छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०८० शुक्रवार - १०:३३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij