२०८२ माघ ८ गते बिहिवार
रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० को ‘सर्वोकृष्ट गायक पप ज्युरी अवार्ड’ गायक रेशम कुमार विश्वकर्मालाई प्रदान गरिएको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व गायक पदम रोकायाले गर्नुभएको थियो ।

राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी सभामुख देवराज घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कलाकारहरुले सुदुर पश्चिमको साँस्कृतिक नाच देउडा प्रस्तुत गरेका थिएभने काठमाडौं मनमैजु कलाकार समुहको विशेष प्रस्तुती पनि देखाईएको थियो । दिनेश डीसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ‘यो मन’ नामको गीतबाट सर्वोत्कृष्ट पप गायकको अवार्ड दिइएको थियो, उक्त गीतमा शब्द, संगीत, संगीत संयोजन, गिटार, तथा मिक्सिङ माष्टरिङ वरिष्ठ साउण्ड इन्जिनियर तथा डिजिटल काठमाण्डौंका सञ्चालक दिका गुरुङ्गको रहेको जानकारी पुरस्कृत गायक विश्वकर्माले दिनुभयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij