Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

चिनियाँ सामग्री सिधै रसुवागढी नाकामा

चिनियाँ सामग्री सिधै रसुवागढी नाकामा


  • 7.9K
    Shares

    चिनियाँ सामग्री सिधै रसुवागढी नाकामा
    images

    उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै  ढुवानी हुन थालेको छ । नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । 

    गोदाम  र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ । अहिले ल्हासाबाट सामान बोकेका  कन्टेनर सिधै रसुवागढी  आउन थालेको  प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले आयात भएका सामग्री  नेपाली कन्टेनरमा  रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताउनुभयो ।

    चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो ।  गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पु¥याएका सामग्री भन्सार हातामा आएका थिए ।   आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका  प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेके छैन ।

    उहाँले माल सामग्री बोकि आएका करीब ८० मालवाहक ट्रक÷कन्टेनर भन्सार हातामा रहेकोे जानकारी दिनुभयो । सामान आयात गर्ने व्यापारीले आफ्नो कन्टेनरमा रहेको सामानका नाम र परिमाण घोषणाको फारम भर्ने प्रावधान रहेको छ ।  भन्सार जाँचकीले ती सामग्रीको परीक्षण गरी भन्सार शुल्क यकिन गर्दछन् । 

    बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही कन्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ । भन्सार शुल्कबापतको राजश्वतर्फ गत फागुन २१ गतेदेखि करीब तीन करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।

    कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न केरुङसम्मको आउजाउ बन्द भए पनि नेपाली बजारका लागि माल सामग्री भने मितेरी पुलमा पुर्याई  चिनियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ । हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पललगायत विविध छन् । रासस

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १४:०१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij