Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी

नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी


  • 7.9K
    Shares

    नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी

    धादिङ । धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् ।

    गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै  प्रशासन शाखामा अनिश्चित कालीन तालाबन्दी गरिएको हो ।

    स्थानीय सरकारले विद्यालयमा उपलब्ध गराएको शैक्षिक कार्यक्रम सार्वजनिक गर्न, असंवैधानिक रुपले शुल्क असुल्ने शिक्षकलाई कारवाही गर्न, विपन्न विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न र संविधानमा उल्लेख भएका अधिकार उपलब्ध गराउन माग गर्दै विद्यार्थीले तालाबन्दी गरेको सङ्गम विश्वकर्माले बताउनुभयो ।

    हाल लगाइएको ताला विद्यार्थीको माग सम्बोधन नभएसम्म नखोलिने विद्यार्थीले बताएका छन्  । विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले निजी स्रोतबाट शिक्षक राख्नुपरेका कारण दलितलाई निःशुल्क शिक्षा दिन नसकिएको स्पष्ट गर्नुभयो । रासस

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - १३:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij