२०८२ माघ १२ गते सोमवार
कम्पनीको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार १६६ रूपैयाँ छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।
गत वर्ष भने कम्पनीले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij