Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

अवैध रूपमा भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी

अवैध रूपमा भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी


  • 9.6K
    Shares

    अवैध रूपमा भित्रिने मोबाइल फोन चल्न बन्द गर्ने तयारी
    images

    काठमाडौं । खुला सीमा नाकाका कारण नेपालमा कुल मोबाइलको ४० प्रतिशत अवैध रूपमा भित्रिने गरेको व्यवसायीले बताउँदै आएका छन् । 

    अवैध मोबाइलको कारोबारका कारण व्यवसाय संकटमा परेको नेपाल मोबाइल फोन आपूर्ति संघले बताउँदै आएको छ । व्यवसायीको गुनासो सम्बोधनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइलको अवैध आयात बन्द गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । 

    गत चैतदेखि असारसम्म नेपालमा भएको बन्दाबन्दीपछि मोबाइल फोनको आयात ह्वात्तै बढ्यो । कोरोनापछि कामहरू अनलाइनमार्फत हुन थालेकाले माग बढे पनि व्यवसायीले अवैध आयात रोकिएकाले पनि आयात बढेको देखिएको बताउँदै आएका थिए । हालसम्म आधिकारिक दर्ता नभएका मोबाइल फोन बन्द गर्ने कुनै पनि प्रविधि छैन । तर एमडीएमएसले नेपालमा भएका मोबाइल फोनलाई सेतोसूची, खैरोसूची र कालोसूचीमा राख्छ । 

    सेतोसूचीमा  आधिकारिक, खैरोसूचीका मोबाइल फोन हराएका वा चोरी भएका हुने र कालोसूचीमा अनधिकृत फोन हुने प्राधिकरणका प्रवक्ता अर्यालले बताए । कालोसूचीमा भएका मोबाइल फोन बन्द गरिने भएकाले आधिकारिक कम्पनीबाट आयात भएका मोबाइल फोन मात्र नेपालमा चल्ने उनले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७७ मंगलवार - ०८:२९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij