२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । मौद्रिक नीतिको समीक्षापछिको पहिलो कारोबार दिन सेयर बजार उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको हो।
नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार भने बढेको छ। आज नेप्सेमा ४ अर्ब ६६ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा ३ अर्ब ५६ करोडको कारोबार भएको थियो। आज २०३ कम्पनीका लगानीकर्ताले गुमाउदा ४० लगानीकर्ताले मात्रै कमाउन सफल भए।
घटेको बजारमा तीन कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ। बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त र सुपर माई हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको हो।
आज हिमालय रि–इन्स्योरेन्सको सर्वाधिक ३२ करोड ५० लाखको कारोबार भएको छ। साथै, सोनापुर मिनिरल एण्ड आयक कम्पनीको ११ करोड ९२ लाख र सानिमा मिडिल तमोर हाइड्रोपावरको १० करोडको कारोबार भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij