Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखरामा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु


  • 14.6K
    Shares

    पोखरामा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका– १३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार राति मृत्यु भएको डा । शर्माले बताए । उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रकाशित मिति :मंसिर ११ २०७७ बिहिवार - १२:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij