२०८२ माघ ७ गते बुधवार
काठमाडौं । झापामा आफैंले आश्रय दिएका ८ महिने बालकको हत्या गरेको आरोपमा १ जना पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका–३ बेलडाँगीको भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पन्चवीर घिसिङ छन्। उनलाई सोमबार बेलुका झापा प्रहरीले पक्राउ गरेको हो।
उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाका ८ महिनाका छोरा एरित ओलीलाई घिसिङले पछारेका थिए। भूइँमा पछारिएपछि बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।
बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij