२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नवलपरासीमा हजुरबा र नाति मृत अवस्थामा फेला परेका छन्।
नवलपरासीको सुस्ता गाउँपालिका ३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका ११ वर्षीय नाती गौचरण चमार मृत फेला परेका हुन्।
घरदेखि झण्डै पाँच सय मिटर दक्षिणमा रहेको छाप्रोमा मंगलबार बिहान उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
उनीहरुको शव छाप्रो बाहिर १५ मिटरको दुरीमा उत्तानो परेको अवस्थामा फेला परेको नवलपरासीका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
‘घटनास्थलमा तालिमप्राप्त कुकुर लगेर थप अनुसन्धान भइरहेको छ,’ एसपी आचार्यले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij