Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंक र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरबीच सम्झौता

कामना सेवा विकास बैंक र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरबीच सम्झौता


  • 2.2K
    Shares

    कामना सेवा विकास बैंक र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरबीच सम्झौता

    काठमाडौँ । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ ।

    यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टरमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो सेवा सुविधाहरू प्रदान गरिरहेको छ ।

    प्रकाशित मिति :माघ २९ २०८० सोमवार - २१:३५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij