Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

भिमसेनथापा गाउँपालिकाले छ महिनामा भएको प्रगति विवरण गर्यो सार्वजनिक

भिमसेनथापा गाउँपालिकाले छ महिनामा भएको प्रगति विवरण गर्यो सार्वजनिक


  • 2.3K
    Shares

    भिमसेनथापा  गाउँपालिकाले छ महिनामा भएको प्रगति विवरण गर्यो सार्वजनिक
    images

    काठमाडौँ । गोरखाको भिमसेनथापा  गाउँपालिकाले चालु आर्थिक बर्ष २०८० को  छ महिनामा भएका प्रगति विवरण सार्वजनिक गरेको छ ।

    सोमवार आयोजित प्रगति समीक्षा कार्यक्रममा गाउँपालिकाले प्रशासनिक भवन निर्माणदेखि चक्रपथ निर्माणलाई प्रगतिको रुपमा लिएको छ ।

    तीन करोड ४० लाख रकम खर्चेर निर्माण भइरहेको प्रशासनिक भवनको काम लगभग सम्पन्न भइसकेको छ भने चपक्रथ निर्माणको काम तिव्र गतिमा अघि बढिरहेको पालिकाले जनाएको छ । चालु आर्थिक बर्षको हालसम्म पाँच  वटा बिधेयकरकार्यविधि गाउँकार्यपालिकाबाट स्वीकृत गरी लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

    भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई निस्सा वितरण , बृद्धि अनुगमन तथा प्रवद्र्धन सम्बन्धी कार्यविधि २०७९ (संशोधन),  गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम, ज्येष्ठ नागरिक तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा संचालन , व्यवसाय दर्ता सम्बन्धी कार्यविधि २०७६ (संशोधन) र खानेपानी तथा सरसफाई स्वच्छता सम्बन्धी बिधेयक २०८० स्वीकृत गरी लागू गरिएको हो ।

    शिक्षातर्फ शिक्षक दरवन्दी मिलान गरिएको र प्राथमिक तहमा स्वयवसेवक शिक्षकहरु तयार गरिएको,सबै स्वास्थ्य संस्थामा ल्यापटप, डेक्सटप र ट्याब्लेटका साथै इन्टरनेट र सोलार व्याकअप व्यवस्थापन गरेको, सुरक्षित मातृत्व अन्तरगत गर्भवती तथा सुत्केरी महिला र असहायहरुका लागी निशुल्क एम्वुलेन्स सेवा, गर्भवती तथा सुत्केरी पोषण कार्यक्रम, सुत्केरी महिलालाई दुग्धवर्धक आयुर्वेदिक औषधी वितरण कार्यलाई निरन्तरता दिदै आएको पाकिलाले जनाएको छ ।

    चालु आर्थिक बर्षको पुसमसान्त सम्म खर्च प्रगति ३१।३१ प्रतिशत रहेको पालिकाले जनाएको छ । चालु तर्फ ३६।७९ र पुँजिगत तर्फ १८।४७ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

    चालु आव चालु तर्फ ४१ करोड ९० लाख र पुँजिगत तर्फ १७ करोड ८७ लाख गरी कुल बजेट ५९ करोड ७८ लाख रहेको थियो । जसमध्ये हालसम्म १८ करोड ७१ लाख खर्च भइसकेको छ । सबैभन्दा धेरै सामाजिक बिकास तर्फ ३९।१७ प्रतिशत खर्च प्रगति रहेको पालिकाले जनाएको छ । 

    प्रकाशित मिति :माघ २५ २०८० बिहिवार - १६:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij