Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन


  • 2.6K
    Shares

    सर्वोत्तम सिमेन्टको आईपीओ भर्ने आज अन्तिम दिन

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पुस २५ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ उद्योग प्रभावित स्थानीय र खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयले आजसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयसँगै खानी उत्खनन् प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ विक्री गरेको हो । 

    वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने माघ १० गतेसम्म आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयमा ९ लाख ३० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा २ लाख ६७ हजार कित्ता आईपीओ पहिलो चरणमा विक्री गरेको हो । 

    स्थानीयले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड र सह निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    यस कम्पनीले नेपालमा पहिलो पटक बुक विल्डिङ विधिबाट आईपीओ जारी गरेको हो । यस अघि योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रूपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणको आईपीओको मूल्य भने प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा आईपीओ विक्री गरेको हो । संस्थागत लगानीकर्तामा विक्री भएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा दोस्रो चरणको आईपीओ विक्री गरिएको हो ।

    यस कम्पनीले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आएको छ । नवलपरासी जिल्ला, सुनवल नगरपालिका वडा नं. ११, जोडेनीमा कम्पनीले सञ्चालन गरिरहेको उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ । उद्योगले डेनमार्कको भीआरएम प्रविधि प्रयोग गरिरहेको छ ।

    प्रकाशित मिति :माघ २५ २०८० बिहिवार - ११:५३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij