२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार खाना अड्किँदा कालिका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमालको मृत्यु भएको हो। कुमाल आफ्नै घरमा मंगलबार साँझको खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए।
उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राति पौने ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij