२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । सेयरबजार ५.३१ अंकले ओरालो लागेको छ। बजार परिसूचक उक्त अंकले घटेसँगै २०६१.७० विन्दुमा रोकिएको छ। योसँगै आज बजारमा ३ अर्ब २१ करोडको मात्र सेयर खरिदबिक्री भएको छ।
साताको पहिलो कारोबार दिन ९२ लाख ७२ हजार कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार १०४ कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटाको घटेको र ११ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज लगानीकर्ताहरुले ५.३७ प्रतिशतसम्म मात्र नोक्सानी व्यहोरेको नेप्सेले जनाएको छ। सर्वाधिक कारोबारमा भने हिमालयन रि इन्स्योरेन्स अगाडि छ। कम्पनीको साढे ३३ करोडको सेयर कारोबार भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij