Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कतारमा माग्यो १२५ जना नेपाली कामदार

कतारमा माग्यो १२५ जना नेपाली कामदार


  • 9.9K
    Shares

    कतारमा माग्यो १२५ जना नेपाली कामदार

    काठमाडौं । कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । दोहा शहरमा रहेको ‘चाइना रेलवे एटीन्थ बुरेउ ग्रुप कम्पनी’ र ‘बुन्जर इभेन्टस् कम्पनी’ले १२५ जना नेपाली महिला पुरुष कामदारको माग गरेको हो ।

    कम्पनीले कार्पेन्टरमा मसोनमा ५० जना पुरुष, ५० जना पुरुष, प्लम्बरमा २० जना परुष र ग्राउन्ड स्टेवार्डमा ५ जना महिला गरी जम्मा १२५ जना कामदारको माग गरेको छ । कामदार सम्बन्धित काममा दक्ष हुनु पर्ने कम्पनीले जनाएको छ ।

    २ वर्षे करार अवधि रहेको सो काममा कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।

    कामदारले तलब खान बस्न सहित ३८ हजार पाउने कम्पनीले जनाएको छ । इच्छुक कामदारले पोमोविरा रिक्युटमेन्ट कन्सलटेन्सी सर्भिस प्रा ली बुढानिलकण्ठ ६ हात्तिगौडा चक्रपथ काठमाडौंमा चैत्र ९ गते अन्तरवार्ता दिनु पर्ने छ ।

    स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने र र हवाई टिकट रोजगारदाताले बेहोर्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

    विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा जनाइएको छ ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - ११:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij