Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिन्धुपाल्चोकमा जीप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

सिन्धुपाल्चोकमा जीप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु


  • 2.8K
    Shares

    सिन्धुपाल्चोकमा जीप दुर्घटना, दुई भुटानी नागरिकको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना भएको छ । बा२च ४४५० नम्बरको जीप बुधबार दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले जानकारी दिए ।

    दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङमो छन् । 

    जीप चालक सिन्धुपाल्चोककै चन्द्र भण्डारी थिए । उनको अवस्था सामान्य छ । प्रहरीका अनुसार जीप हेलम्बु गाँउपालिका–१, दोरिमबाट खारपाङ जाने क्रममा दुर्घटना भएको हो ।

    घाइते पाँचमध्ये तीनजनालाई फिस्टेल हेलिकोप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको छ । दुईजनाको भने जिल्ला अस्पताल सिन्धुपाल्चोकमा उपचार भइरहेको जनाइएको छ । 

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - १४:२७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij