Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने

कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने


  • 2.0K
    Shares

    कामना सेवा विकास बैंकको संस्थापक शेयर सर्वसाधारणले किन्न पाउने
    images

    काठमाडौं । कामना सेवा विकास बैंकको ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । 

    यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी जारी गर्दा विक्री हुन नसकेपछि कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गर्न लागेको हो ।

    यो शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम २ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

    इच्छुक खरीदकर्ताहरूले माघ २४ गतेभित्र विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र माघ २४ गते विहान ११ बजे खोलिने जानकारी विक्री प्रबन्धकले दिएको छ ।

    प्रकाशित मिति :माघ १७ २०८० बुधवार - १२:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij