Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 9.8K
    Shares

    नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौँ । नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ । कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार १५० कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा ल्याएको थियो ।

    कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म १ बराबर ०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सोमध्ये बिक्री नभएको साढे ३ लाख कित्ता शेयर कोषले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो ।

    सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन ।

    कोषको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै, राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौँडा, तुल्सीपुर र महेन्द्रनगर शाखा कार्यालय तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ बानेश्वर तथा विराटनगर र पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १०:३१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij