Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 9.3K
    Shares

    नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौँ । नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ । कोषले फागुन २१ गतेदेखि ३ लाख ५४ हजार १५० कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा ल्याएको थियो ।

    कोषले गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म १ बराबर ०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सोमध्ये बिक्री नभएको साढे ३ लाख कित्ता शेयर कोषले लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो ।

    सो शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद तोकिएको छैन ।

    कोषको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै, राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बागलुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, हेटौँडा, तुल्सीपुर र महेन्द्रनगर शाखा कार्यालय तथा नागरिक लगानी कोषको कार्यालय, नयाँ बानेश्वर तथा विराटनगर र पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :चैत्र २ २०७७ सोमवार - १०:३१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij