Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

काठमाडौं आउदै गरेको गाडी चालक ‘निदाउँदा’ दुर्घटना

काठमाडौं आउदै गरेको गाडी चालक ‘निदाउँदा’ दुर्घटना


  • 2.7K
    Shares

    काठमाडौं आउदै गरेको गाडी चालक ‘निदाउँदा’  दुर्घटना

    काठमाडौं । सिन्धुलीमा गाडी दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आज बिहान करिब २ बजेर ५० मिनेटमा वाग्मती प्रदेश ०१–००६ ख ६१२४ नम्बरको इलेक्ट्रिक हायस गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा भोजपुरकी ४२ वर्षीया रचना राई र काभ्रेका २७ वर्षीय सागर लामा घाइते भएका छन् । उपचारका निम्ति घाइतेलाई सिन्धुली जिल्ला अस्पतालमा पठाइएको छ । अरू यात्री सकुशल रहेका प्रहरीले जनाएको छ ।

    सुनसरीबाट काठमाडौंतर्फ आउँदो गरेको गाडी दुर्घटना भएको हो । सिन्धुलीको दुधौली नगरपालिका–२, झुंगामा उक्त गाडी दुर्घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

    दुर्घटना हुँदा हायसमा चालकसहित १५ जना सवार थिए । चालक निदाउँदा गाडी पल्टिएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।

    गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा क्षति पुगेको र नचल्ने अवस्थामा दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :माघ १६ २०८० मंगलवार - ११:०६:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij