२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्।
उनले फिल्म ‘नमेटिने घाउ’मार्फत अभिनयमा डेब्यु गर्दै छन्। आज काठमाडौँमा आयोजित कार्यक्रमका बीच फिल्मको घोषणासँगै शुभमुहूर्त गरी यो जानकारी दिइएको हो।
यस फिल्ममा ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन्। रमित ढुंगानाको लगानी र निर्देशनमा बन्ने फिल्ममा एसिडपीडित मुस्कान खातुनको जिवनीमा आधारित हुनेछ। यस फिल्ममा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन्।
केही समयअघि मात्रै ओलीले एमाले केन्द्रीय कार्यालयमा देशभरका एसिड आक्रमणबाट पीडितहरूलाई भेला गरेर विशेष कार्यक्रम गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij