२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । निरन्तर चार दिन स्थिर रहेर मूल्य घटेको हो । तेजाबी सुन तोलाको एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij