Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

साहित्य परिषद् प्युठानको पुरस्कार अर्पण

साहित्य परिषद् प्युठानको पुरस्कार अर्पण


  • 2.8K
    Shares

    साहित्य परिषद् प्युठानको पुरस्कार अर्पण

    साहित्य परिषद् प्युठानले आफ्नो २९औं स्थापना दिवसको अवसरमा यही माघ ३ गते साहित्य सिर्जना तथा लेखनका माध्यमबाट प्युठान जिल्लाको साहित्यिक जागरण अभियानमा अमूल्य योगदान पुर्याएबापत आधा दर्जन विभिन्न विधाका साहित्य साधकहरूलाई  पुरसाकार तथा सम्मान अर्पण गरेको छ ।

    तीमध्ये चर्चित बालसाहित्यकार विजयराज आचार्य तथा शशिधर भण्डारीलाई भूपेन्द्र स्मृति साहित्य पुरस्कार अर्पण गरिएको छ । त्यसरी नै ठगीदेवी साहित्य पत्रकारिता पुरस्कार सुशील पोखरेललाई, मीना साहित्य पुरस्कार सीता बि•क•(सम्झना)लाई, कप्तान नरमिला स्मृति पुरस्कार रामप्रसाद पोखरेललाई र नवप्रतिभा साहित्य पुरस्कार लोकेन्द्र जी•सी•लाई प्रदान गरिएको छ ।

    उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश-सभा सदस्य माननीय नीमा गिरीले मूर्धन्य साहित्यिक नक्षत्रहरूलाई पुरस्कार अर्पण गर्दै बधाई ज्ञापन गरेकी दिइन् । उनले साहित्य समाजको ऐना मात्र नभएर समग्रमा मार्गदर्शन नै भएको बताइन् । उनीहरूको दिशाबोध पछ्याउन सक्ने हो भने समाजले काँचुली फेर्न सक्ने उनको कथन थियो । 

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - २१:४२:५६ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij