Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तनहुँमा मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु

तनहुँमा मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु


  • 2.0K
    Shares

    तनहुँमा मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौँ । तनहुँको देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । 

    दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग१ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा देवघाट -३ दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालकको खोजी भइरहेको उनले बताए ।

    ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा आज बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।

    प्रकाशित मिति :माघ ८ २०८० सोमवार - १०:५४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij