Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्राइम बैंकको नाफा ३२ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति?

प्राइम बैंकको नाफा ३२ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति?


  • 2.5K
    Shares

    प्राइम बैंकको नाफा ३२ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति?

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको खुद नाफा ३२ प्रतिशतले वृद्धि भएको छ ।

    चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म प्राइम बैंकको नाफा ३२.१३ प्रतिशतले वृद्धि भएको हो ।

    चालू आर्थिक वर्षको ६ महिनामा बैंकले २ अर्ब १८ करोड २९ लाख २७ हजार ६६३ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको ६ महिनामा १ अर्ब ६५ करोड २० लाख ४४ हजार ७५४ रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले गर्त आर्थिक वर्षको तुलनामा ५३ करोड ८ लाख ८२ हजार ९०९ रुपैयाँले खुद नाफा वृद्धि गरेको छ । जुन ३२.१३ प्रतिशतले बढी हो ।

    प्राइम बैंकले दोस्रो त्रैमाससम्म ३ अर्ब ८७ करोड ४३ लाख ९९ हजार २०८ रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याज आम्दानी ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार ९५२ रपैयाँ रहेको थियो ।

    त्यस्तै, ६ महिनामा बैंकको सञ्चालन नाफा ३ अर्ब ११ करोड ८४ लाख १९ हजार ९४८ रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी २२.५० रुपैयाँ रहेको प्राइम बैंकको निष्क्रिय कर्जा ४.०७ प्रतिशत रहेको छ ।

    प्राइम बैंकको वितरणमुखी नाफा ६ करोड ४१ लाख ४९ हजार ८०३ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षकोे पुस मसान्तसम्म बैंकको वितरणमुखी नाफा ४१ लाख ५ हजार ४१६ रुपैयाँ रहेको थियो

    प्रकाशित मिति :माघ ७ २०८० आइतवार - १७:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij