२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड रुपैयाँ भन्दा बढि खुद नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस अवधीसम्ममा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक बर्ष २०७९/८० को तुलनामा २६.६० प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
६ महिनाको अवधीमा बैंकको खुद नाफा घटेसंगै सञ्चालन नाफा पनि घटेको छ भने खुद ब्याज आम्दानी बढ्न पुगेको छ । यता, दोस्रो त्रैमाससम्ममा बैंकको सञ्चालन नाफा सञ्चालन नाफा पनि २५.०८ प्रतिशतले घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।
यस्तै, खुद ब्याज आम्दानी भने ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकको यस्तो नाफा ६ अर्ब ५४ करोड ३० लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक बर्षको पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा भने १ अर्ब २७ करोड ७० लाख ७५ हजार रुपैयाँ ऋणात्मक छ । चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार रुपैयाँ छ ।
दोस्रो त्रैमासमा बैंकको खराब कर्जासँगै इम्पेयरमेन्ट चार्ज बढेकोले खुद नाफा प्रभावित बन्न पगेको हो । एक वर्षको अवधिमा बैंकको खराब कर्जा १.७६ प्रतिशतले बढेर ४.६८ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा १ अर्ब १२ करोड ९१ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ४ अर्ब १३ करोड ६० लाख रुपैयाँ पुगेको छ ।
यता, बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ११ रुपैयाँ ३१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij