Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

घट्दै छ राउटेको जनसङ्ख्या, पुनः १२ वर्षीया बालिकाको मृत्यु

घट्दै छ राउटेको जनसङ्ख्या, पुनः १२ वर्षीया बालिकाको मृत्यु


  • 2.6K
    Shares

    घट्दै छ राउटेको जनसङ्ख्या, पुनः १२ वर्षीया बालिकाको मृत्यु

    दैलेख । लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ। बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ ।

    बिहीबार  मृत्यु भएकी बालिका हरिबहादुर शाहीकी १२ बर्सिया  छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिनाअघि देखि बिरामीले थलिएकी थिइन् । एक महिनादेखि बिरामी उनको आँखा पहेँलो थियो ।

    राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार खानपिनमा ध्यान दिनु भनिए पनि माघे संक्रातिमा खानपिन गर्दा बिरामले थप च्याप्यो । जसका कारण गए राति बालिकाको मृत्यु भएको उनले बताए। 

    मान्छेको मृत्यु भएपछि यो समुदाय बसिरहेको ठाउँ सर्ने गर्दछ । हाल दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएको राउटे समुदाय बालिकाको मृत्यु भएसँगै शुक्रवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सरेका छन्।

    दुई वर्ष यतादेखि राउटेको जनसङ्ख्या घट्दै गएको छ । केही महिनाअघि मात्रै दीपक शाहीकी श्रीमतीमा यस्तै लक्षण देखिएर मृत्यु भएको थियो । 

     

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - १५:३०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij