२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
परीक्षा सुधार तथा समन्वय परिषद्को माघ ३ गतेको बैठकले वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
परिषद्को निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको जनाएको छ ।
भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने पनिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij