२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न कामना सेवा पहिलो विकास बैंकको हो।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधीसम्ममा बैंकले २५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३२.१९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यस्तै, समिक्षा अवधीसम्ममा बैंकले ९५ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ६.२४ प्रतिशतले कम हो । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब २ करोड रुपैयाँ थियो।
यस अवधीसम्ममा बैंकको नाफा बढेसंगै सञ्चालन नाफा पनि बढेको छ । यस वर्ष बैंकको सञ्चालन नाफा पनि ३२.२४ प्रतिशतले बढेको हो । गत वर्ष २७ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ३७ करोड ३५ हजार रूपैयाँ सञ्चालन नाफा गरेको हो ।
यस्तै, ६ महिनाको अवभीमा बैंकको खुद ब्याज आम्दानी घटे पनि खराब कर्जा अनुपात (एनपील) मा सामान्य सुधार देखिएको छ । तथ्याङ्क अनुसार समीक्षा अवधिमा बैंकको एनपीएल घटेर ३.४२ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ३.७० प्रतिशत थियो। यस अवधीमा बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २१ करोड १९ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष ३० करोड १५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।
यता, चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ८।३५ प्रतिशतले बढेर १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १ अर्ब ४० करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म १७ करोड ४५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १५.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १२.४७ रुपैयाँ थियो। पीई रेसियो २२.३६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५१.६१ रुपैयाँ रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij