Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गरिमा विकास बैंक लिमिटेडद्वारा गरिमा सरल एसएमई कर्जा

गरिमा विकास बैंक लिमिटेडद्वारा गरिमा सरल एसएमई कर्जा


  • 2.4K
    Shares

    गरिमा विकास बैंक लिमिटेडद्वारा गरिमा सरल एसएमई कर्जा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्य सहित रु ५० लाख सम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।

    कर्जा सम्बन्धी सम्पुर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरुलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ ।

    यो योजना अन्तर्गत व्यवसाय/उद्यम सुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरुले आफुलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सकिने जनाईएको छ ।

    हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यलय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरुलाई बैकिङ्ग सेव प्रवाह गर्दै आईरहेको छ ।

    प्रकाशित मिति :माघ ४ २०८० बिहिवार - १०:२४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij