Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेमा ५४ अंकको बृद्धि हुँदा कारोबार रकम ८ अर्ब नाघ्यो

नेप्सेमा ५४ अंकको बृद्धि हुँदा कारोबार रकम ८ अर्ब नाघ्यो


  • 2.5K
    Shares

    नेप्सेमा ५४ अंकको बृद्धि हुँदा कारोबार रकम ८ अर्ब नाघ्यो

    काठमाडौँ । आज शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५४ दशमलव ५४ अंकले बढेर २,१७५ दशमलव १७ को विन्दुमा कायम भएको छ । 

    मंगलबार सेयर बजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ । त्यसो त यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ । 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

    यसदिन १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् । फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ । अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् । 

    आज बुटवल पावर कम्पनी लि, युनाइटेड मोदीस हाइड्रोपावर लि, हिमालयन पावर पार्टनर लि, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेका छन् ।

    प्रकाशित मिति :माघ २ २०८० मंगलवार - १५:२६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij