Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गरिमा विकास बैंक लिमिटेडको १७औं बार्षिक साधारणसभा सम्पन्न

गरिमा विकास बैंक लिमिटेडको १७औं बार्षिक साधारणसभा सम्पन्न


  • 2.2K
    Shares

    गरिमा विकास बैंक लिमिटेडको १७औं बार्षिक साधारणसभा सम्पन्न

    गरिमा विकास बैंक लिमिटेडको १७औं बार्षिक साधारणसभा मिति २०८० पौष २९ गते आईतबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ ।

    उक्त साधारणसभाले शेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश गरी जम्मा १०% लाभांश वितरण गर्ने प्रश्ताव पारित गरेको छ ।

    साधारणसभाले विकास बैंकको अधिकृत पुँजी बृद्धि गरी ५ अर्ब ७ करोड बनाउने, आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रश्तावहरु पारित गरेको छ । 

    हाल ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनश शेयर वितरण पश्चात चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैंया पुगेको छ । साधारणसभाको लागि २०८० पौष १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०८० पौष १६ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन् ।

    विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब रु ८० अर्ब निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैंया कर्जा प्रवाह गरेको छ ।

    प्रकाशित मिति :पौष २९ २०८० आइतवार - ०५:३३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij