Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

माघे सङ्क्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव : प्रचण्डले उद्घाटन गर्ने

माघे सङ्क्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव : प्रचण्डले उद्घाटन गर्ने


  • 2.6K
    Shares

    माघे सङ्क्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव :  प्रचण्डले उद्घाटन गर्ने
    images

    काठमाडौँ ।  माघे संक्रान्तीको अवसरमा थारु कल्याणकारी सभाको अगुवाइमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो । 

    माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । यस वर्ष  थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताए । 

    उनले थारु सांस्कृतिक झाँकी, थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताए । उनका अनुसार फुड स्टलहरूमा पारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् ।

    बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरु राखिने छ । महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए । 

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - १६:२८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij