Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न


  • 2.2K
    Shares

    पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको साधारण सभा सम्पन्न

    पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारण सभा पौष २४ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भएको छ।

    अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा संस्थापक शेयर सदस्य, सर्वसाधारण शेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

    उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण शेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको थियो ।

    साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी रणनैतिक योजना प्रस्तुत गरिएको थियो । 

     

    प्रकाशित मिति :पौष २६ २०८० बिहिवार - १६:०८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij