Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने

उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने


  • 4.3K
    Shares

    • images
    उच्च अदालत जाँदै क्रिकेटर सन्दीप लामिछाने
    images

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्।

    क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायका लागि उच्च अदालत जाने बताए।

    बुधबार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्यूनतम सजाय तोक्नुपर्ने बहस गरेपछि उनले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलील पेस गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरूलाई सुरक्षित रहेको तर्कसमेत गरे।

    अधिवक्ता घिमिरेले जिल्ला अदालतको फैसलालाई आफूहरूले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारणसम्बन्धी बहसमा आफूहरूले भाग लिएको स्पष्ट पारे।

    सन्दीप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्यूनतम सजाय होस् भन्ने आफूहरूको भनाइ रहेको उनले बताए।

    प्रकाशित मिति :पौष २५ २०८० बुधवार - १६:४२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij