२०८२ माघ ७ गते बुधवार
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।
पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने बैंकले जनाएको छ ।
बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढी पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना ३१ जनवरी २०२४ सम्म लागु रहनेछ ।
ग्लोबल आईएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर उक्त खातामा ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा बैंकले रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँसम्म थप गरिदिनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij