२०८२ माघ ७ गते बुधवार
काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को विश्वव्यापी महामारी तथा यसको बढ्दो प्रभावलाई मध्यनजर गरी कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १४ औं वार्षिकोत्सव डिजिटल प्रविधि मार्फत शुभकामना आदन प्रदान गरी सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष सुदिप आर्चायकोे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सम्पूर्ण सञ्चालकज्यूहरु, प्रमुख कार्यकारी अधिकृतज्यू, नायव महाप्रबन्धक, क्षेत्रीय तथा विभागीय प्रमुखहरुले वार्षिक उत्सवकोे उपलक्ष्यमा शुभकामना आदन प्रदान गरेका छन् ।
शुभकामनाको क्रममा बैंकका अध्यक्ष सुदिप आचार्यले बैंकको लामो यात्रामा महत्वपूर्ण सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज लि, सि.डि.एस. एन्ड क्लियरिङ लि, बि.ओ. के क्यापिटल, कर्जा सुचना केन्द्र, पूर्व सञ्चालकज्युहरु, कर्मचारी वर्ग, आम सञ्चार माध्यम, सहयोगी संघ संस्थाहरु तथा सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक आभार प्रकट गरेका थिए ।
शुभकामना आदन प्रदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले कोरोनाको कारण बैंक तथा वित्तीय संस्थाहरुमा पारेको प्रभाव र यस अवस्थामा बैंकले कर्मचारी तथा ग्राहकमहानुभावहरुको सुरक्षाको लागि अपनाएका विधि प्रक्रियाहरुको बारेमा प्रष्ट पारेका थियो ।
१३ वर्षको सुखद यात्रा पूरा गरी १४ औं वर्ष तर्फ अग्रसर भइ रहंदा सञ्चालक समिति, सम्पूर्ण कर्मचारी, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियमनकारी निकाय लगायत अन्य सहयोगी संघ संस्थाहरु सबैमा हार्दिक बधाई तथा शुभकामना दिदै अब्बल विकास बैंक बनाउने अनवरत यात्रामा सदाझैं सद्भाव र सहयोग रही रहने विश्वास र अपेक्षा समेत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij