२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टिकापुर, कैलालीबिच छुटसम्बन्धी सम्झौता भएको छ ।
बैंक र अस्पतालबिच बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैङ्किङ् सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लिमा कार्ड तथा मोबाइल बैङ्किङ् प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता सुदुरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्याय (बजगाईँ)बिच सम्पन्न भयो । उक्त सम्झौतामा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईँ तथा बैङ्कका कर्मचारीहरूको पनि उपस्थिति थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij