Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न

कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न


  • 2.3K
    Shares

    कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा पुस १७ गते राजधानीको लिसारा रिसेप्सन, नक्सालमा सम्पन्न भएको छ ।

    बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा-नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा-नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसुचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

    उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षक नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

    साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिदैं बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने वताए । उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंकको सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत स्वागत गरे भने बैंकका कानुन विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

    प्रकाशित मिति :पौष १७ २०८० मंगलवार - १७:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij