Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

खुला विश्वविद्यालयका उपकुलपति शिलुलाई कार्यालय प्रवेशमा निषेध

खुला विश्वविद्यालयका उपकुलपति शिलुलाई कार्यालय प्रवेशमा निषेध


  • 3.4K
    Shares

    खुला विश्वविद्यालयका उपकुलपति शिलुलाई कार्यालय प्रवेशमा निषेध

    काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले खुला विश्वविद्यालयका उपकुलपतिलाई प्रवेश निषेध गरेको छ । अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी संगठन लगायतका संयुक्त विद्यार्थी संगठनले उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्यलाई विश्वविद्यालयमा प्रवेश निषेध गरेको हो । 

    विश्वविद्यालयको प्रागीक मर्यादा विपरीत विश्वविद्यालयमा आर्थिक लेनदेनको आधारमा नियुक्ति, खरिद बिक्री गरेको, परीक्षा जस्तो संवेदनशील र गोप्य काममा उपकुलपतिले आफ्नो परिवारको सदस्य प्रयोग गरी नाजायज कार्य गरेको लगायतका आरोप लगाएका छन्। उनीमाथि विश्वविद्यालय आफ्नो पैतृक सम्पत्ति जस्तो गरी धाकधम्की दिने, शिक्षक कर्मचारीलाई आतंक सिर्जना गरी विश्वविद्यालयको शैक्षिक वातावरण बिगारेको समेत आरोप विद्यार्थी संगठनहरूको छ ।

    उनीहरूले उपकुलपति बज्राचार्यले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । प्रवेश निषेध गरिएको अवस्थामा विश्वविद्यालयले प्रदान गर्ने गाडी, सेवासुविधा प्रयोग गर्न निषेध गरिएको उनीहरूको भनाइ छ ।

    o_Ok1C9xuQui.jpg

    प्रकाशित मिति :पौष १७ २०८० मंगलवार - १५:२३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij