२०८२ भाद्र १ गते आइतवार
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको १७ औं बार्षिकोत्सवको अवसरमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ। आम जनमानसलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान अभिवृद्धिको लागि बैंकले सातै प्रदेशहरुका मुख्यमुख्य शहरहरुमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको हो ।
वागमती प्रदेश अन्तर्गत काठमाण्डौंमा भएको प्रभात फेरिमा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरु, बैंकका उच्च व्यवस्थापकहरु लगायत बैंकका १ हजार ५ सयभन्दा बढी कर्मचारीको उपस्थिति रहेको थियो ।
साथै, अन्य प्रदेशहरुमा बैंकको सम्बन्धीत प्रादेशिक कार्यालयका प्रमुख सहित सम्बन्धीत प्रदेशमा अन्तर्गतका बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो । वित्तीय साक्षरतामूलक प्लेकार्ड तथा व्यानरसहित प्रभातफेरिमा उपस्थित कर्मचारीहरुले काठमाडौँको कान्तिपथस्थित शाखा कार्यालयबाट हिँड्दै शहरको मुख्य–मुख्य भागको परिक्रमा गरेका थिए भने काठमाडौँ उपत्यका बाहिर पनि मुख्यमुख्य शहरमा परिक्रमा गरेका थिए ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय परिसुचकहरु अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्लामा ३५५ शाखा, ३७९ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग
सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क÷बैदेशिक प्रतिनिधि कार्यालय सहित ११०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा करिब ४ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब ४५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij