Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक सेवा आयोगको मावि तहको विज्ञापन खुल्यो (यसरी दिनुहोस आवेदन)

शिक्षक सेवा आयोगको मावि तहको विज्ञापन खुल्यो (यसरी दिनुहोस आवेदन)


  • 3.4K
    Shares

    शिक्षक सेवा आयोगको मावि तहको विज्ञापन खुल्यो (यसरी दिनुहोस आवेदन)

    काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । माध्यमिक तहको करिब ४ सय २६ शिक्षकको नयाँ पदपूर्तिको लागि विज्ञापन खुला गरेको हो ।

    शिक्षक सेवा आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएको विज्ञापन खुला गरिएको जनाएको छ ।

    न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले पुस ८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली www.online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ । विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np डाउनलोड/सूचना/विज्ञापन तबद बाट प्राप्त गर्न र हेर्न सकिनेछ ।

    प्रकाशित मिति :पौष ८ २०८० आइतवार - १६:१७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij