२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार कञ्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया र बेलाशपुर बान्डुसेन शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो ।
समुदाय स्तरमा रहेका सदस्यहरूलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरूमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास संस्थाले लिएको छ । संस्थाले रौलेश्व मा.वि. चवन्नी बजारका ६८ भन्दा बढी विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कञ्चनपुर अन्तर्गतका १८६ महिलाहरूलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij