२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार ८ सय रहेको थियो ।
आज तोलामा चाँदीको मूल्य ६ सयले गिरावट आइ प्रतितोला सुन ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज प्रतितोला तेवावी सुनको मूल्य ८५ हजार ७ सय ५० रहेको छ ।
बिहीवारको तुलनामा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदी १२ सय ८५ रहेको थियो भने आज चाँदीको मूल्य १२ सय ७० रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij