२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं" योजना अन्तर्गत आफूले पठाएको भन्दा १० गुणा बढी पाउने विजेताको नाम घोषणा गरेको छ। उक्त योजनामा साउदी अरबबाट रेमिटेन्स पठाउने राजु तामाङले आफूले पठाएको रकम ५३ हजार ७५ रूपैयाँको १० गुणा बढी पाँच लाख ३० हजार ७५० रूपैयाँ जित्न सफल भएका छन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म चल्ने गरी २०८० सालको दसैं तिहार र छठलाई लक्षित गर्दै लगातार ६१ दिन सम्म चल्ने उक्त उपहार योजना घोषणा गरेको थियो। चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विध्दुतीय प्रणालीद्वारा विजेता छनौट गरिएको हो।
सोही योजना अन्तर्गत लक्की ड्रमार्फत् हरेक महिना १ जनालाई जनही एक लाख रूपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रूपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरूलाई जनही पाँच सय रूपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजना रहेको थियो।
जसअन्तर्गत छ हजार एक सय जनाले दैनिक वालेट टपअप ५०० रूपैयाँको दरले ३० लाख पचास हजार, ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार रूपैयाँका दरले ११ लाख २५ हजार, २ जनाले मासिक उपहार जनही १ लाख रूपैयाँ का दरले २ लाख र राजु तामाङले आफूले पठाएको रकम ५३ हजार ७५ रूपैयाँको १० गुणा बढी पाँच लाख ३० हजार ७५० रूपैयाँ गरि ४९ लाख ५ हजार ७ सय पचास रुपैंया कम्पनीले प्रदान गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij